अर्कैका छाेराछाेरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा दम्पती पक्राउ
काठमाडाैं | असार १८, २०८०
रुपन्देही: झुटो विवरण पेस गरी अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोजेको आरोपमा प्रहरीले रुपन्देहीमा दम्पतीलाई पक्राउ गरेको छ ।
इलाका प्रशासन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४२ वर्षीय रमेश कसौधन र उनकी श्रीमती ४२ वर्यीया सीता कसौधनलाई आज साेमवार पक्राउ गरिएको हो । कसाैधन दम्पतीले आफूसँग नाता नै नरहेका एक जनालाई छोरा र दुई जनालाई छोरी भनेर झुटो विवरण पेस गरेका थिए ।
इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णु ज्ञवालीले पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यायल बुटवलको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउनुभयाे । नागरिकताका लागि आवेदन दिन जाने व्यक्तिहरू रमेश र सीताका छोराछोरी हुन भनेर बुटवल–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतले सिफारिस गरेको बताइएको छ ।
पक्राउ परेका रमेशले २०६७ जेठ ३० गते सीतासँगकाे विवाह दर्ता र छोरा मनोज तथा सरिता र सन्ध्या भन्ने छोरीहरू हुन् भनेर जन्मदर्ता गराएको देखिन्छ । रमेशले २०७६ सालमा सीतालाई वैवाहिक अङ्गीकृत नागरिकतासमेत दिलाइसकेका थिए ।
प्राप्त र प्रमाणित कागजातका आधारमा नागरिकताका लागि सिफारिस गरेको बुटवल–१ का वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

